नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

सोहि लाभांश वितरणको लागि बीमा समितिका साथै नेपाल सरकार (मन्त्रीस्तर) बाट समेत स्वीकृति भएको कम्पनी सचिव विष्णु प्रसाद उपाध्ययाले जानकारी दिए ।

उक्त लाभांश अब कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु