दूरसञ्चार प्राधिकरणले १० जनाका लागि जागिर खुलायो



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न तहमा जागिर खुलाएको छ । प्राधिकरणले सहायक प्रथम, अधिकृत तृतिय र अधिकृत द्वितीय तहमा १० जनाका लागि जागिर खुलाएको हो ।

प्राधिकरणले आन्तरिक प्रतियोगितार खुला तथा समावेशी पदहरुमा जागिर खुलाएको हो । प्राधिकरणका अनुसार दरखास्त दिने अन्तिम मिति विज्ञापन प्रकाशित भएको २१ दिन र दोब्बर दस्तुर थप ७ दिनको समय दिएको छ ।

साथै, कार्यक्षमताको मूल्यांकनद्वारा बढुवाका लागि ७ जनाका लागि जागिर खुलाएको छ ।


क्लिकमान्डु