रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्वीकृत



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश दिन गरेको प्रस्ताव बीमा समितिले स्वीकृत गरेको छ ।

मंसिर १६ गते समितिबाट उक्त प्रस्ताव स्वीकृत गरेको हो । यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

इन्स्योरेन्सले लगानीकर्तालाई ५.२६३२ प्रतिशत नगद लाभांश दिने भएको छ । असोज १८ गते कम्पनीले उक्त लाभांशको प्रस्ताव गरेको थियो ।


क्लिकमान्डु