बचतकर्तालाई पैसा नदिने इच्छाराजले सहकारी र ग्रुपबाट लिन्थे मासिक ८ लाख तलब



काठमाडौं । ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलगायतका ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरिएको छ ।

शुक्रबार सरकारी वकिलको कार्यालयमार्फत् ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ८२ पैसा बिगो दाबीसहित अभियोगपत्र दायर गरिएको हो ।

तामाङले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी तथा सिभिल ग्रुपबाट मासिक ८ लाख रुपैयाँ तलब लिँदै आएका थिए ।

सरकारी वकिल कार्यालयमा प्रतिवादी केशवलाल श्रेष्ठले दिएको वायनमा सहकारी संस्थाबाट मासिक ५ लाख रुपैयाँ र सिभिल ग्रुपबाट ३ लाख रुपैयाँ गरी मासिक ८ लाख तलब लिएको उल्लेख छ ।


क्लिकमान्डु