४ महिनामा जीवन बीमा कम्पनीले गरे १२ अर्बको नयाँ बिजनेश, कात्तिकमा २ अर्ब



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आवको चार महिना अर्थात् कात्तिक मसान्तसम्ममा १२ अर्बको नयाँ व्यवसाय गरेका छन् ।

चालु आवको चार महिनामा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्कवापत १२ अर्ब ६९ करोड ५५ लाख रुपैयाँ संकलन गरेका हुन् ।

कात्तिक महिनामा मात्रै कम्पनीहरुले २ अर्ब ९१ करोड ५२ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै रकम संकलन गरेको छ ।

कम्पनीले कात्तिक मसान्तसम्ममा दुई अर्ब ३० करोड ३६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ भने, कम्पनीले कात्तिक महिनामा मात्रै ६२ करोड ४३ लाख रुपैयाँको नयाँ व्यवसाय बिस्तार गरेको छ ।

नेपाल लाइफपछि नेशनल लाइफ इन्स्योरेन्सले बढी बीमाशुल्क संकलन गरेको छ । कम्पनीले चालु आवको कात्तिक मसान्तसम्ममा एक अर्ब ४८ करोड ९३ लाख रुपैयाँको नयाँ व्यवसाय बिस्तार गरेको छ ।

नेशनल लाइफपछि एलआइसीले ९३ करोड ३८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

सञ्चालनमा रहेका नयाँ बीमा कम्पनीमध्ये सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनीमा रिलयावल नेपाल लाइफ परेको छ । कम्पनीले सो अवधिमा प्रथम बीमाशुल्कवापत ८६ करोड २९ लाख रुपैयाँ संकलन गरेको छ ।

यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले यस अवधिमा ८६ करोड २३ लाख रुपैयाँको नयाँ व्यवसाय गरेको छ ।


क्लिकमान्डु