एशियन लाइफको ‘बाल उच्च शिक्षा अग्रीम भुक्तानी सावधिक’ योजना सार्वजनिक



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ‘बाल उच्च शिक्षा अग्रीम भुक्तानी सावधिक’ जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

सन्तानको उच्च शिक्षाका लागि आवश्यक पर्ने ठूलो खर्च रकमको सहज व्यवस्थापन गर्न सहयोग पु¥याउने उद्देश्यले सो बीमालेख जारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ जानकारी दिए ।

यस योजना अन्तर्गत नवजात शिशुदेखि १३ वर्ष उमेरसम्मको बालबालिकाको १ करोड रुपैयाँ बीमाङ्कसम्मको बीमा गर्न सकिने उनले जानकारी दिए ।

बीमित बच्चाको उमेरको आधारमा कक्षा ११ देखि स्नातक तहसम्मको शिक्षण शुल्क व्यहोर्न सघाउ पुग्ने गरी किस्ताबन्दी रुपमा बीमांकको रकम भुक्तानी गरिने सुविधा रहेको कम्पनीले जनाएको छ ।

बीमित बच्चा १६ देखि २० वर्ष पूरा भएको दिनमा क्रमशः बीमांकको २५, १५, २५, २० र १५ प्रतिशत रकम भुक्तानी गरिनेछ ।

बीमा अवधि समाप्तीमा बीमित बच्चालाई नियमानुसारको बोनश रकम समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसबाहेक तोकिएको अवधि पूरा हुनुभन्दाअघि बीमितलाई रकम खाँचो परेको अवस्थामा बीमालेखको शर्तको अधिनमा रही १२ महिना अघिनै अग्रीम भुुक्तानी रकम प्राप्त गर्न सकिने सुविधा समेत यस बीमालेखमा रहेको छ ।

यस बीमा योजनामा बीमा अवधिभित्र बीमित बच्चाको मृत्यु भएमा बीमाङ्कको २५ प्रतिशत रकम तत्काल भुक्तानी पाइनेछ ।

बीमाङ्कको ७५ प्रतिशत रकम र मृत्यु हुँदासम्मको आर्जित बोनश एकमुष्ठ रकम बीमा अवधि समाप्ती भएपछि भुक्तानी दिइने कम्पनीले जनाएको छ ।

रकम भुक्तानी गर्दा अग्रीम भुक्तानी गरिएको रकम कट्टा नगरिने कम्पनीको भनाइ छ ।

यस बीमा योजना अन्तर्गत दुर्घटना मृत्यु लाभ र वार्षिक शैक्षिक सुविधा समेत रोज्न सकिने सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक समिति सदस्यहरुसजल मास्के, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंले सोमबार कम्पनीको प्रधान कार्यालयमा संयुक्त रुपमा यस बीमालेख सार्वजनिक गरेका हुन् ।


क्लिकमान्डु