निर्जीवन बीमा कम्पनीद्वारा १२ अर्ब ५८ करोड बीमाशुल्क संकलन, कुनको कति ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीले कात्तिक महिनासम्ममा १२ अर्ब ५८ रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको चार महिना अर्थात कात्तिक महिनासम्ममा २० निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ५८ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमाशुल्क शिखर इनस्योरेन्सले गरेको छ । कम्पनीले कार्तिक मसान्तसम्ममा १ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

शिखरपछि सगरमाथा इन्स्योरेन्सले अन्य कम्पनीको तुलनामा बढी बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब २० करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

शिखर र सगरमाथा इन्स्योरेन्स बढी बीमाशुल्क संकलन गर्ने कम्पनीमा नेको परेको छ। चालु आवको कात्तिक महिनासम्ममा कम्पनीले १ अर्ब ५ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, सिद्धार्थ इन्स्योरेन्सले ९० करोड १० लाख, एनएलजी इन्स्योरेन्सले ८३ करोड ३५ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ७७ करोड ७८ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ५८ करोड ८९ लाख र यूनाइटेड इन्स्योरेन्सले ५८ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु