चार महिनामा जीवन बीमा कम्पानीले संकलन गरे ४८ अर्ब बीमाशुल्क



काठमाडौं । चार महिनाको अवधिमा जीवन बीमा कम्पनीले ४८ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुासार सञ्चालनमा रहेका १९ जीवन जीवन बीमा कम्पनीले चालु आवको चार महिना अर्थात कात्तिक महिनासम्ममा ४८ अर्ब ३२ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

कम्पनीहरुले प्रथम बीमाशुल्क, नवीकरण बीमाशुल्क र वैदेशिक रोजगार बीमाबाट उक्त रकम संकलन गरेका हुन् ।

तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले चार महिनाको अवधिसम्ममा प्रथम बीमाशुल्कवापत १२ अर्ब ६९ करोड ५५ लाख रुपैयाँ, नविकरण बीमाशुल्कवापत ३५ अर्ब ७ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमाशुल्कवापत ५५ करोड ३९ लाख हजार रुपैयाँ गरि सो बराबरको रकम संकलन गरेका हुन् ।


यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । कम्पनीले कात्तिक महिनासम्ममा १२ अर्ब २५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन यस अवधिसम्मा ६ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले ४ अर्ब ५४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

नयाँ जीवन बीमा कम्पनी यूनियन लाइफले यस अवधिसम्ममा २ अर्ब ५६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस अवधिमा मेट लाइफले १ अर्ब ७६ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ६५ करोड रुपैयाँ, प्राइम लाइफले अर्ब ५८ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ५२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु