इच्छाराज तामाङले सहकारी बैंकबाट कति लिएका छन् ऋण, जोखिम कति ?



काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले सहकारी बैंकबाट १० करोड रुपैयाँ बढी ऋण लिएको पाइएको छ ।

संगठितरुपमा सहकारीका निक्षेपकर्तालाई ठगि गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय ब्यूरो (सीआईबी) तामाङसहित १२ जनालाई पक्राउ गरी अनुसन्धान सकेर सरकारी वकिलमा प्रतिवेदन बुझाएको छ ।

उनै तामाङले बैंकबाट १० करोड बढी ऋण लिएको देखिएको छ ।

निकट स्रोतका अनुसार उक्त कर्जा असार मसान्तसम्म निरन्तर चलिरहेको थियो । तामाङ पक्राउ परेपछि उक्त लोन बराबरको रकम प्रोभिजनिङ गरेको बताइएको छ ।

उनी पक्राउ पर्नु अघिसम्म कर्जाको साँवा ब्याज निरन्तर आइरहेका कारण यो कर्जालाई बैंकले जोखिमयुक्त कर्जाको रुपमा हेरेको थिएन । जब तामाङ पक्राउ परे त्यसपछि कर्जा बराबरको रकम प्रोभिजनिङ गरिसकेको छ ।

तामाङले बैंकबाट कर्जा लिएको र तिर्न बाँकी भएपनि सोल्टी मोडमा रहेको जग्गा धितोको रुपमा रहेको छ । त्यसकारण बैंकको ऋण फस्ने सम्भावना नरहेको स्रोतको दाबी छ ।

‘संस्था भएको ठाँउमा १ रोपनी जग्गा धितोको रुपमा रहेको छ’ स्रोत भन्छ ‘हामीसँग धितोको रुपमा सोल्टी मोडका साथै ९ रोपनी जग्गा छ ।’

धितोको रुपमा रहेको जग्गा चाँही संस्थागतरुपमा रहेको छ । जग्गा संस्थाको भएपनि संस्था नै धितोको रुपमा रहेपछि बैंकलाई ऋण नउठ्ला कि भन्ने चिन्ता कम देखिएको छ ।


क्लिकमान्डु