मौद्रिक नीतिको समीक्षा: सेयर कर्जामा ४/१२ को नीति परिवर्तन भएन



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको ४/१२ कराेडको नीति यथावत राखेर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर कर्जामा ४/१२ को नीति ल्याएको थियो ।

राष्ट्र बैंकले सेयर धितो राखेर लिइने कर्जा एउटा बैंकबाट ४ करोड सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।

पहिलो त्रैमासिक समीक्षामा सेयर कर्जाको व्यवस्था परिवर्तन गरेको छैन ।

यस्तै कर्जा निक्षेप अनुपात(सीडी)को व्यवस्थामा पनि राष्ट्र बैंकले परिवर्तन गरेको छैन ।


क्लिकमान्डु