सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताको हात खाली



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले लगानीकर्ताको हात खाली बनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैंकले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव ल्याएको छैन ।

बैठकले आव २०७७/०७८ को बीमा समितिबाट जारी निर्जीबन बीमा व्यवसाय गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको वित्तीय विवरण तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरु पारित गरी बीमा समितिको स्वीकृतीको लागि पेश गर्ने निर्णय गरेको जनाएको छ ।


क्लिकमान्डु