इच्छाराजले ऋण नतिरेपछि सञ्चय कोषले सिटिसी मल लिलाम गर्ने



काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका निक्षेपकर्तालाई संगठित रुपमा ठगि गरेको आरोपमा हिरासतमा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई समस्या सृजना भएको छ ।

कर्मचारी सञ्चय कोषले सिभिल इन्टेट्स प्रालिले लिएको ऋण रकम ३५ दिनभित्र भुक्तानी गर्न भन्दै सूचना निकालेको छ ।

इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखियाले लिएको ऋणका भाखा नाघेको ऋणको सावा र ब्याज रकम बुझउन पटक पटक ताकेता गरेको र अबको ३५ दिन भित्र ऋण रकम भुक्तानी गर्न भनेको छ ।

३५ दिनभित्र कोषको तिर्न बुझाउन बाँकी रकम, त्यसमा लाग्ने ब्याज र हर्जना ब्याज तथा लाग्ने अन्य रकमसमेत चुक्ता वा नियमित भुक्तानी गर्न भनेको छ । ३५ दिनभित्र भुक्तानी नगरेको खण्डमा चल, अचल सम्पती कोषले कब्जा /लिलाम बिक्री गरी वा अन्य कारबाही गरी असुल उपर गर्ने भएको छ ।

त्यसबाट लिनुपर्ने रकम असुल उपर नभएमा जमानी दिनेको चल अचल सम्पतीबाट असुल उपर गरिने भएको जानकारी गराएको छ ।

सिभिल इन्टेट्सले दीर्धकालीन कर्जा लिँदा काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित कित्ता नम्बर २४२४ को ६ रोपनी जग्गा र त्यहाँ निर्माण भएको १३२ इकाई पसल तथा कलवहरु राखेको थियो । ३५ दिनभित्र ऋण नतिरेमा सबै कोषले लिलामी गर्ने भएको छ ।


क्लिकमान्डु