एलआइसी नेपालको बोनसदर घट्यो, बीमितले अधिकतम ७० रुपैयाँ पाउने



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)नेपालले बीमितलाई दिने बोनस दर घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लोखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएसँगै मुनाफामा सरिक हुने गरी जारी भएका बीमालेखहरुका लागि दिने बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि बीमितलाई प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को तुलनामा कम्पनीले बीमितलाई दिने बोनस दर घटेको छ । बीमा समितिको फ्युचर बोनस प्रोभिजनिङको व्यवस्थाले कम्पनीको बोनस दर घटेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले बीमितलाई न्यूनतम प्रतिहजार ६६ रुपैयाँ र अधिकतम ८० रुपैयाँसम्म बोनस दर दिएको थियो । त्यस्तो बोनस दर घटेर आर्थिक वर्ष २०७६/७७ मा बीमितले न्यूनतम ४५ रुपैयाँ र अधिकतम ७० रुपैयाँ पुगेको छ ।

कम्पनीको धनवृष्टि बीमालेखमा बीमितले पाउने बोनस दर घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले सो बीमालेखका लागि प्रतिहजार ६६ रुपैयाँ बोनस दर दिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ धन बृष्टि(३५८) बीमा योजनामा बीमितले पाउने बोनस दर ५५ रुपैयाँमा सीमित भएको छ । कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनस दिने भएको छ ।

जीवन बिद्या (३५२), जीवन साथी (३५७) सावधिक (३३३) बीमालेखमा कम्पनीले बीमा अवधिअनुसार न्यूनतम ५४ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने भएको छ । जीवन आनन्द (३४२) बीमा योजना कम्पनीले प्रतिहजार ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ ।

बाल सावाधिक (३४९) बीमा योजनामा कम्पनीले प्रतिहजार ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । धन बृष्टि(३५८) बीमा योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनस दिने भएको छ ।

धन फिर्ता (३३४,३३५,३३६,३३७,३३९,३४३) बीमा योजना कम्पनीले १५ वर्षे बीमा अवधिमा प्रतिहजार ५६ रुपैयाँ, २० वर्षे बीमा अवधि बीमा योजनामा ५७ रुपैयाँ र २५ वर्षे बीमा अवधिमा ६० रुपैयाँ बोनस दर दिने भएको छ ।

स्नेह (३४१) बीमा योजना कम्पनीले न्यूनतम ५७ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दर दिने भएको छ । जीवन तरग(३४५) बीमा योजनामा कम्पनीले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।

यस्तै, जीवन बचत(३५९) बीमा योजना कम्पनीले न्युनतम प्रतिहजार ४५ रुपैयाँदेखि ६६ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।


क्लिकमान्डु