इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ ।

बैंकको १२.६११ बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजनपछिको मूल्य प्रति कित्ता ४०८ रुपैयाँ ४९ पैसा रहेको छ ।

अन्तिम कारोबार मूल्य ४६० रुपैयाँलाई आधार मानेर मूल्य निर्धारण गरिएको छ । इन्भेष्टमेन्ट बैंक हिमालयन बैंकसँग मर्जर हुन लागेका कारण सेयर कारोबार भने स्थगन रहेको छ ।


क्लिकमान्डु