नेपाल पुनर्बीमा कम्पनीमा शतप्रतिशत पुनर्बीमा गर्ने बीमा कम्पनीको संख्या ८ पुग्यो



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा शतप्रतिशत पुनर्बीमा गर्ने जीवन बीमा कम्पनीको संख्या ८ पुगेको छ ।

सञ्चालनमा रहेका ८ जीवन बीमा कम्पनीहरु राष्ट्रिय बीमा संस्थान, एलआईसी नेपाल, आइएमई लाइफ, रिलायन्स लाइफ, गुँरास लाइफ, सूर्या लाइफ र सानिमा लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनी मार्फत शतप्रतिशत पुनर्बीमा गरेका हुन् ।

सिटिजन लाइफ पछिल्लो समय मात्रै शतप्रतिशत व्यवसाय दिने कम्पनीमा आवद्ध भएको नेपाल पुनर्बीमा कम्पनीले बताएको छ ।

अन्र्तराष्ट्रिय पुनर्बीमा बजारमा अहिले पुनर्बीमा गर्नका लागि पहिले जस्तो सहज नरहेको कम्पनीका प्रवक्ता तथा सूचना अधिकारी दामोदर भण्डारीले बताए ।

‘आठ जीवन बीमा कम्पनीले हामीलाई पूर्ण विश्वास गरेर बसेका छन्,’ भण्डारीले भने, ‘अन्र्तराष्ट्रिय पुनर्बीमा बजारमा पुनर्बीमा गर्न सहज छैन, अलि अप्ठ्यारो छ, गाह्रो छ ।’

कम्पनीले १४ वटा देशबाट व्यापार भित्राएको कम्पनीका प्रवक्ता तथा सूचना अधिकारी दामोदर भण्डारीले जानकारी दिए ।

सञ्चालनमा रहेका जीवन तथा निर्जीवन सबै कम्पनीहरुले कुल व्यवसायको २० प्रतिशत पुनर्बीमा अनिवार्य रुपमा नेपाल पुनर्बीमा कम्पनीमा गर्नुपर्ने व्यवस्था छ ।

अन्य कम्पनीहरुले सरकारले तोके बमोजिमको व्यवसाय दिँदै आइरहेको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु