इन्फिनिटी लघुवित्तले २९.१६ % लाभांश दिने



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २९.१६ लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाले बोनस सेयर २७.७० प्रतिशत र नगद लाभांश १.४६ प्रतिशत दिने प्रस्ताव गरेको हो ।

यो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले समितिले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु