प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । प्रिमियर इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ ।इन्स्योरेन्सले बोनस सेयर ७.५ प्रतिशत र नगद लाभांश ७.५ प्रतिशत दिने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु