हिमालयन रिका अध्यक्ष गोल्छाले लिए शपथ



काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अध्यक्ष गोल्छाले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।


बीमा समितिको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष सिलवालले कम्पनीका नवनियुक्त अध्यक्ष गोल्छालाई शपथ गराएका हुन् ।

उनी कार्तिक २६ गते सम्पन्न प्रथम वार्षिक साधारणसभाबाट आगामी ४ वर्षका लागि अध्यक्ष पदमा चयन भएका थिए ।


क्लिकमान्डु