विद्युतीय प्रणाली सुधारका लागि एडिबीको ७ अर्ब सहुलियतपूर्ण ऋण



काठमाडौं । एशियाली विकास बैंकले नेपालको विद्युतीय प्रणाली सुधारका लागि झण्डै ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उक्त ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

उक्त रकम नेपालको विद्युत् प्रणालीको सुधार, ग्रीडको आधुनिकीकरण लगायतका काममा खर्च हुने हुने छ ।

प्राधिकरणले काठमाडौं उपत्यकाको महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रको अधिकांश वितरण लाइन अण्डरग्राउण्ड गरिरहेको छ ।

दोस्रो चरणमा काठमाडौं उपत्यकाका अन्य स्थानका अलावा पोखरा र भरतपुरमा समेत विद्युत् प्रसारण लाइन भूमिगत गर्ने योजना अगाडि सारेको छ । एशियाली विकास बैंकबाट प्राप्त हुने रकम सोही कामका लागि खर्च हुनेछ ।


क्लिकमान्डु