प्रहरीद्वारा १ करोड अवैध रकम बरामद, उच्च अदालत पाटनमा मुद्दा दर्ता



काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले गोल्डेन लिफ होटलबाट ४ जनाले अवैध रुपमा लुकाइ राखेको करिब १ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीले उनीहरुका साथबाट ९ सय अमेरिकी डलर, ५ चाइनिज युआन समेत बरामद गरेको छ ।

प्रहरीले झापा दमक वडा नम्बर ६ घर भइ हाल काठमाडौं बस्ने विकास मित्तल, कलम मित्तल, पर्वत कुस्मा घर भइ हाल गणेश पौडेल र दाजुभाई इन्टरप्राइजेज काठमाडौंका प्रोप्राइटर समुन्द्र पौडेलबाट उक्त रकम बरामद गरेको हो ।

प्रहरीले विकास मित्तलको हकमा ३ करोड ९२ लाख ९१ हजार ५३९ रुपैयाँ, गुणेश पौडेलको हकमा १ करोड १ करोड ९५ लाख ६१ हजार ७३५ रुपैयाँ, समुन्द्र पौडेल र गणेश पौडेलको हकमा १ करोड ९ लाख ७० हजार १५३ रुपैयाँ र कमल मित्तलको हकमा १४ करोड ४७ हजार ९५४ रुपैयाँ बिगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दर्ता समेत गरेको छ ।


क्लिकमान्डु