१ लाख करोडको एलआइसीको आइपीओ आउँदै, बजारबाट पैसा झिकिने डर भारतीय सेयर बजारमा



एजेन्सी । पेटीएमपछि भारतमा सबैभन्दा ठूलो परिमाणमा अर्को एक कम्पनीको साधारण सेयर बिक्री हुने भएको छ ।

लाइफ इन्स्योरेन्स कम्पनीको सेयर बिक्री गरेर ८० हजारदेखि १ लाख करोड बराबरको रकम जुटाउने तयारी गरिएको छ ।

सरकारी कम्पनीमा गरिएको लगानी क्रमशः विनिवेश गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको योजनाअनुसार नै सेयर बिक्री गर्न लागिएको हो ।

एलआइसीले ३२ करोड बराबरको पोलीसी बिक्री गरेको छ । त्यसका साथमा १२ लाख एजेन्ट र १ लाख १५ हजार कर्मचारी छन् ।

पोलीसी लिएकालाई १० प्रतिशत बराबरको सेयरको हिस्सा सुरक्षित गरिएको छ । विवरण अनुसार आगामी जनवरीदेखि मार्चसम्म सेयर बिक्री गर्ने तयारी गरिएको छ ।

सो कम्पनीको सेयर बिक्री गर्ने तयारी गरिएपछि सेयर बजारबाट पैसा झिक्ने क्रम शुरु हुने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

भारी मात्रामा पैसा बजारबाट झिकिने खतरा बढेको भन्दै त्यसले बजारलाई समेत प्रभावित पार्ने भारतीय मिडियामा अनुमानका विवरणहरु सार्वजनिक भएका छन् ।

विवरण अनुसार एलआइसीको सेयर हालसम्मकै ठूलो हुने बताइएको छ । खासगरी सानादेखि ठूला लगानीकर्ताले ठूलो मात्रामा सेयर खरिद गर्न सक्ने भएकाले बजार नै प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

भारतको सेयर बजारमा विदेशी लगानीकर्ताको समेत ठूलो हिस्सा छ । बजार तीव्र गतिमा बढेको भएपनि त्यसबाट पैसा निकाल्ने क्रम समेत रोकिएको छैन ।

विवरणअनुसार विदेशी लगानीकर्ताले यस वर्ष मात्रै ४६ हजार करोड बराबरको लगानी गरेका छन् ।

त्यसमा सबैभन्दा बढी लगानी जोमाटोले गरेको छ । उसले २ हजार ७५९ करोड भारु बराबरको लगानी गरेको छ । नायकामा मात्रै १ हजार ५७० करोड भारु बराबरको लगानी भएको छ ।

पोलिसीबजारमा १ हजार ४१२ करोड भारु, अप्टस भ्याल्यूमा १ हजार १२७ करोड भारु र केमप्लास्टमा ८९९ करोड भारु बराबरको लगानी भएको छ ।

फिनो मेमेन्ट बैंकमा ७)७ करोड, विया डायग्नोस्टिकमा ६५५ करोड, ग्लेनमार्क लाइफ साइन्सेसमा ५७८ करोड नुवोको विस्टामा ५३६ करोड र देवयानी इन्टरनेशनलमा ५२६ करोड बराबरको लगानी भएको छ ।

अक्टोबरमा २५ हजार ५७२ करोड भारु, अगस्टमा २ हजार ५६८, जुलाईमा २३ हजार १९३ करोड, मे मा ६ हजार करोड बराबरको पैसा निकालेको देखिन्छ ।

अप्रिल १२ मा १२ हजार करोडभन्दा बढी रकम निकालिएको थियो । बजारमा पछिल्लो १ वर्षमा मात्रै नयाँ लगानीकर्ता २ करोड थपिएका छन् । यी लगानीकर्ताले लामो समयसम्म लगानी गर्दैनन् । उनीहरु कम समयमै बढी पैसा कमाएर निस्कन चाहन्छन् ।

भारतीय सेयर बजारका विश्लेषकहरुका अनुसार एलआइसीको साधारण सेयरका लागि लगानीकर्ताले ठूलो मात्रामा पैसा निकाल्ने अनुमान छ । खासमा एलआसी ब्राण्ड हो ।

ब्राण्डका लागि मानिसले ठूलो मात्रामा लगानी गर्छन र गर्ने तयारी गरेका छन् । त्यसबाट बजारमा ठूलो दबाब पर्नेवाला नै छ । यस्तो अवस्थामा बजार अझै ओरालो लाग्यो भने त त्यसले पार्ने असर झनै ठूलो हुनेवाला नै छ ।

एलआइसीको सेयर बिक्रीका लागि मर्चेन्ट बैंक समेत तय भइसकेको छ । तर, खतराको विषय यो छ की यति ठूलो ब्राण्ड भएको कम्पनीको सेयरको काम गर्दा सानोभन्दा सानो कमजोरी भयो भने त्यसले असाध्यै ठूलो प्रभाव पर्ने भएकाले सचेतता अपनाउनु भने जरुरी रहेको छ ।


क्लिकमान्डु