नेपाल टेलिकमका विभिन्न पदमा २७० जनाका लागि जागिर खुल्यो



काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदमा २७० जनाका लागि जागिर खुलाएको छ । नेपाल टेलिकमले आज विज्ञापन प्रकाशित गरी तीन तहदेखि ९ तहसम्मका पदमा जागिर खुलाएको हो ।

टेलिकमले जुनियर टेक्निसियनदेखि उपप्रबन्धक पदसम्मका लागि जागिर खुलाएको हो ।

खुला र समावेशी प्रतियोगितात्मक परीक्षामार्फत् भर्ना लिने गरी जागिर खुलाएको हो ।

टेलिकमका अनुसार आवेदन दिने अन्तिम मिति मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन पाइने जानकारी दिएको छ ।

अधिकृत स्तर तह ८ र ९ का लागि ८ सय रुपैयाँ तथा समावेशीतर्फ थप २ सय रुपैयाँ, अधिकृत स्तर ६ र ७ का लागि ७ सय रुपैयाँ र समावेशीतर्फ थप १ सय रुपैयाँ, सहायक स्तर तह ४ र ५ का लागि ५ सय रुपैयाँ र समावेशी समूहतर्फ थप १ सय रुपैयाँ तथा सहायक स्तर ३ का लागि आवेदन शुल्क ३ सय रुपैयाँ र समावेशीतर्फ थप १ सय रुपैयाँ शुल्क लाग्नेछ ।


क्लिकमान्डु