विन्टर सिजनका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन कम्पनीको कति उडान ?



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विन्टर सिजनका लागि अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ ।

क्यानले नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्ससहित अन्य १८ वटा विदेशी विमानको उडान तालिका सार्वजनिक गरेको हो । क्यानका अनुसार दैनिकदेखि साप्ताहिक उडान गर्नेछन् ।

जसमा नेपाल एयरलाइन्सले काठमाडौंदेखि दोहा, दुबई, मलेसिया, नयाँ दिल्ली, जापान, हङकङ तथा बैंकक उडान गर्नेछ भने हिमालयन एयरलाइन्सले काठमाडौंदेखि मलेसिया, दुबई, दोहा, आबुधावी र ढाकामा उडान गर्नेछ ।


क्लिकमान्डु