काठमाडौं-बैंकक हवाई उडान फेरि शुरु हुँदै



काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौं–बैंकक हवाई उडान फेरि शुरु हुने भएको छ ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाईल्याण्डका राजदुत भोसिता भोरासफबीच बिहीबार मन्त्रालयमा भएको भेटमा राजदुत भोरासफले केही दिन भित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिए ।

राजदूतसँगको भेटवार्तापछि अब केही दिनभित्रै काठमाडौं–बैंकक नियमित हवाई उडान हुनेछ ।

भेटघाटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिaनी क्षेत्रमा थाइल्याण्ड सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै लुम्बिनीमा रहेको मेटरनेटी हस्पिटलका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

यसैगरी मन्त्री आलेले नेपाली नागरिकलाई थाईल्याण्डको भिसाका लागि सहजिकरण गर्न तथा नेपाली नागरिकहरु उपचारका लागि बैंकक जाँदा सहुलियतपूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

भेटवार्ताकै क्रममा मन्त्री आलेले नेपाल थाइल्याण्डको पुरानो एतिहासिक सम्बन्ध रहेको र त्यसलाई थप मजबुद बनाइराख्न दुबै देशका तर्फबाट अधिकतम प्रयास गरिनु पर्ने कुरामा जोड दिए ।

राजदूत भोरासफले लुम्बिनीको वृद्धि विकासका लागि आफ्नातर्फबाट अधिकतम प्रयास गर्ने बताएका थिए ।


क्लिकमान्डु