राष्ट्रिय बीमा संस्थानको खुद नाफा ५२% ले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय बीमा संस्थानको खुद नाफा ५२.३२ प्रतिशतले बढेको छ ।

चालु आवको पहिलो त्रैमासमा संस्थानले एक करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिको तुलनामा संस्थानको खुद नाफा एक करोड २ लाख रुपैयाँ थियो ।

पहिलो त्रैमासमा संस्थानको खुुद बीमाशुल्क ७.६३ प्रतिशतले बढेर ४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिमा कम्पनीको खुद बीमाशुल्क ४ अर्ब २१ करोड रुपैयाँ छ ।

संस्थानले चालु आवको असोज मसान्तमा ७६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । बीमालेखको धितोमा कर्जाबाट संस्थानले ३ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

१८ करोड १० लख रुपैयाँ चुक्ता पूँजी रहेका कम्पनीको जगेडा कोष ३५ करोड ७७ लाख रुपैयाँ र जीवन बीमा कोषमा ३७ अर्ब १४ लाख रुपैयाँ छ ।

संस्थानले पहिलो त्रैमासमा ९५ करोड ५७ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

संस्थानले अभिकर्ता कमिसन शीर्षकमा ४ करोड ८४ लाख रुपैयाँ, स्वास्थ्य परीक्षण शुल्क शीर्षकमा ६ लाख ९ हजार रुपैयाँ र सेवा शुल्क शिर्षकमा ४ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ ।

कर्मचारी बोनसका लागि संस्थानले ८ लाख ९१ हजार रुपैयाँ व्यवस्था गरेको छ ।


क्लिकमान्डु