पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीको नाफा घट्यो, कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा निर्जीवन बीमा कम्पनीको खुद नाफामा गिरावट आएको छ ।

सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीमध्ये १८ वटा कम्पनीले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आवको पहिलो त्रैमासमा ९१ करोड ५१ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । जुन गत आवको यसै अवधिको तुलनामा २.१५ प्रतिशतले कम हो ।

गत आवको पहिलो त्रैमासको अवधिमा कम्पनीहरुले ९३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

तीन महिनाको अवधिमा केही कम्पनी बाहेक अरु सबै कम्पनीको खुद नाफामा सुधार आएको छ ।

यस अवधिमा रकमका आधारमा सबैभन्दा धेरै नाफा शिखर इन्स्योरेन्सले कमाएको छ । असोज मसान्तसम्ममा कम्पनीको खुद नाफा ९.२८ प्रतिशतले बढेर १३ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिमा कम्पनीको खुद नाफा १२ करोड २३ लाख रुपैयाँ कमाएको थियो ।

यस्तै शिखरपछि बढी नाफा कमाउने कम्पनीमा प्रिमियर इन्स्योरेन्स परेको छ । कम्पनीले यस अवधिमा खुद नाफामा ३.१६ प्रतिशतको वृद्धि गर्दै ८ करोड १५ लाख रुपैयाँ पुर्याएको हो ।

प्रतिशतका आधारमा हेर्दा यस अवधिमा जनरल इन्स्योरेन्सले ६१.२५ प्रतिशतले नाफा बढाएको छ । जनरलपछि सानिमा जनरल इन्स्योरेन्सले ५५.४० प्रतिशतले नाफा बढाउन सफल भएको छ ।

यस्तै, आईएमई जनरल इन्स्योरेन्सले २२.८० प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको १९.८८ प्रतिशत र प्रभु इन्स्योरेन्सले १६.१७ प्रतिशतले नाफा बढाएका छन् ।

चार कम्पनीको नाफा घट्यो
चालु आवको पहिलो त्रैमासमा चार कम्पनीको नाफा घटेको छ । नेको, प्रुडेन्सियल, एनएलजी र अजोड इन्स्योरेन्सको नाफामा गिरावट आएको हो ।

सबैभन्दा धेरै नाफा अजोड इन्स्योरेन्सको घटेको छ ।

चालु आवको पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ७९.२३ प्रतिशतले घटेर १ करोड १० लाख रुपैयाँमा झरेको छ ।

गत आवको यसै अवधिमा कम्पनीको खुद नाफा ५ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

नेको इन्स्योरेन्सकोे नाफा ४२.८८ प्रतिशतले घटेर ३ करोड ६५ लाख रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीको खुद नाफा ४ करोड ७ लाख रुपैयाँ थियो ।

यस्तै, एनएलजीको नाफा ५.१० प्रतिशतले घटेर ५ करोड ८२ लाख रुपैयाँमा झरेको छ । भने प्रुडेन्सियलको नाफा १०.३२ प्रतिशतले घटेर ३ करोड ६५ लाख रुपैयाँमा खुम्चिँएको छ । गत आवको यसै अवधिमा कम्पनीको खुद नाफा ४ करोड ७ लाख रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु