वाणिज्य बैंकको सीडी रेसियो ९०% माथि, केही बैंकको ९७ प्रतिशतसम्म पुग्यो



काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सीडी रेसियो ९०.१४ प्रतिशत पुगेको हो ।

वाणिज्य बैंकमा लगानीयोग्य रकम (तरलता) अभाव बढेसँगै बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (क्रेडिट डिपोजिट रेसियो) अधिकतम ९० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरी विद्यमान कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) सम्बन्धी व्यवस्था खारेज गरिनेछ ।

पुँजी कोष र पुँजी कोषको अङ्गको रुपमा रहेका ऋणपत्र वाहेकका ऋणपत्र र सापटीलाई उपरोक्त बमोजिमको कर्जा–निक्षेप अनुपातमा समायोजन गर्न सकिने व्यवस्था गरिनेछ भन्ने व्यवस्था गरेको थियो । अहिले नै यो रेसियो ९० प्रतिशत पार गरिसकेको छ । बैंहरुलेको सिडी रेसियो ९० प्रतिशत भन्दा बढी भएपनि राष्ट्र बैंकले कारबाहीको दायरामा भने ल्याउँदैन ।

सोमबारसम्मको तथ्याङक हेर्दा वाणिज्य बैंकमा ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा लगानी ४० खर्ब ३७ अर्ब रुपैयाँ पुगिसकेको छ । अहिले बैंकहरुमा कर्जा दिनको लागि पैसा अभाव भएको छ । अहिले बैंकको निक्षेप संकलन भन्दा पनि कर्जाको माग निकै छ । धमाधम बैंकमा निक्षेप घटिरहेको छ भने कर्जाको माग निकै छ ।

बैंकहरुबीच एक आपसमा हुने अन्तर बैंक कारोबारको दर समेत ४.९७ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु