सुनको मूल्य ५ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएकोमा बुधबार ५ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएकोमा बुधबार ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँले घटेर १२ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु