एशियन लाइफ इन्स्योरेन्सले २७ % लाभांश दिने, बोनस कति ?



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार सबेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट २७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा २५ प्रतिशत बोनस र करसहित २ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन ।


क्लिकमान्डु