चार कम्पनी कालोसूचीमा



काठमाडौं । विभिन्न चार वटा कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ४ वटा कम्पनीलाई १ देखि २ वर्षसम्मका लागि कालो सूचीमा राखेको हो ।

कार्यालयले मञ्जू तिवारी मुख्य व्यक्ति रहेको त्रिपुरेश्वरस्थित न्यू लक्ष्मी इन्डस्ष्ट्रिज एण्ड सप्लायर्स प्रालिलाई १ वर्षसम्म, भिमसेन सापकोटा मुख्य व्यक्ति रहेको ललितपुरको सापकोटा सप्लायर्स एण्ड निर्माण सेवा प्रालिलाई १ वर्ष र मनिषा श्रेष्ठ मुख्य व्यक्ति रहेको काठमाडौं बानेश्वरको लार्ज बास्केट कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखेको हो ।

त्यसैगरी सुरेशलाल श्रेष्ठ र गोपाल श्रेष्ठ मुख्यव्यक्ति रहेको नयाँबानेश्वर काठमाडौंस्थित भैरव कन्स्ट्रक्सन कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राखेको हो ।

यी चार वटा कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिदमा भाग लिन पाउने छैनन् ।


क्लिकमान्डु