नबिल बैंकद्वारा सल्यान दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । नबिल बैंकले सल्यान दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासँग दिगो बैंकिङअन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी समेत गरेको छ ।

दार्मा गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र गाउँपालिकाका तर्फबाट अध्यक्ष नीमबहादुर केसीले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साझेदारीमार्फत् गाँउपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई गाँउपालिकाको सिफारिसमा उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराइनेछ ।


क्लिकमान्डु