डेढ अर्बबढी बीमाशुल्क संकलन गरेको एशियन लाइफको नाफामा सामान्य सुधार



काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा खुद बीमाशुल्क रकम र खुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क रकम ८.५० प्रतिशतले बढेर १ अर्ब ५७ करोड ९९ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले एक अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्नीको खुद नाफामा समेत सामान्य सुधार देखिएको छ । कम्पनीको खुद नाफा २.३९ प्रतिशतले बढेर गरी ९ करोड ६२ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले ९ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जीवन बीमा कोषमा २७ अर्ब ९५ करोड २९ लाख रुपैयाँ जम्मा भएको छ ।

चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको कम्पनीको भने जगेडा कोषमा ९८ करोड ५९ लाख रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १६ पैसा छ ।

कम्पनीले लगानी, कर्जा तथा अन्य आयवापत ५० करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, कम्पनीले बीमालेख धितोमा कर्जाबाट ५ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले अभिकर्ताका लागि १९ करोड ८८ लाख रुपैयाँ कमिशन छुट्टाएको छ ।

कम्पनीले ८ हजार ६० वटा दाबी बापत ३ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ भुक्तानी गर्दा १८२ वटा दाबी बापत ६ करोड ८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु