नेशनल लाइफको खुद बीमाशुल्क २३% ले बढ्यो, नाफा घट्यो



काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा खुद बीमाशुल्क बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको खुद बीमाशुल्क २३.०१ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब ८० करोड ३२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीको नाफा भने घटेको छ । यसअवधिमा कम्पनीको खुद नाफा २६.७२ प्रतिशतले घटेर ८ करोड ६७ लाख ३९ हजार रुपैयाँमा सीमित भएको छ ।

गत आवको यसै अवधिमा कम्पनीले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा जीवन बिमा कोषको आकार भने २४.९० प्रतिशतले बढेर ४४ अर्ब ८९ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आवको यसैअवधिमा यसको जीवन बीमा कोषमा ३५ अर्ब ९४ करोड २४ लाख रुपैयाँ थियो ।

कम्पनीले ९ हजार २२१ वटा दाबीवापत १ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेको छ छ ।

६३ करोड ८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

३ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ २३ पैसा छ ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशनवापत एक करोड २०९ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ८३ करोड ८५ लाख रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट १४ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीमा आवद्ध अभिकर्ताले तीन महिनाको अवधिमा ३७ करोड ९७ लाख रुपैयाँ कमिसन बुझेका छन् ।


क्लिकमान्डु