सिटिजन लाइफको खुद बीमाशुल्क शतप्रतिशतले बढ्यो, नाफामा सामान्य सुधार



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क संकलन रकममा उल्लेख्य सुधार आएको छ ।

कम्पनीको चालु आवको पहिलो त्रैमासको अवधिमा खुद बीमाशुल्क संकलन रकम १०० प्रतिशतले बढेर एक अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा कम्पनीले ६० करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद नाफामा सामान्य सुधार आएको छ । कम्पनीले ६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ७६ करोड ५८ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ५४ करोड ३९ लाख रुपैयाँ सञ्चिती थियो ।

कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १० करोड ३० लाख रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ७४ लाख ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले अभिकर्ता कमिसन शीर्षकमा २२ करोड ४ लाख रुपैयाँ, सेवा शुल्क शीर्षकमा १ करोड २१ लख रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले यस अवधिमा ४ ४९ वटा बीमा दावीवापत २६ करोड रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ६३ वटा बीमा दावीवापत १ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु