एलआइसी नेपालको खुद बीमाशुल्कमा सामान्य सुधार, नाफामा ४४%को गिरावट



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद बीमाशुल्क संकलनमा सामान्य सुधार आएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा भने गिरावट आएको छ ।

कम्पनीले यस अवधिमा ५ अर्ब २२ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ३.८९ प्रतिशतले बढी हो ।

कम्पनीले गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५ अर्ब ३ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीको खुद नाफा ४४.९० प्रतिशतले घटेर ३ करोड १९ लाख रुपैयाँमा समिति भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीको खुद नाफा ५७ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट १ अर्ब ५४ करोड २३ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा प्रवाह गरी ३८ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ ४४ पैसा छ ।

कम्पनीको जगेडा कोषमा ६६ करोड ८९ लाख रुपैयाँ छ । जीवन बीमा कोषमा ८३ अर्ब ४० करोड ४२ लाख रुपैयाँ र महाविपत्ती कोषमा २६ करोड ७३ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले ४ हजार ८३२ वटा दाबी बापत ३ अर्ब ७४ करोड १९ लाख रुपैयाँ भुक्तानी गर्दा २९ करोड ८८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीले अभिकर्ता कमिशन शीर्षकमा ५० करोड १४ लाख रुपैयाँ, सेवा शुल्क शीर्षकमा ५ करोड २२ लाख रुपैयाँ खर्च गरेको छ ।


क्लिकमान्डु