शिखर इन्स्योरेन्सको नाफा ९% ले बढ्यो, ४४ करोड बीमाशुल्क संकलन



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा बढाएको छ ।

कम्पनीको खुद नाफा ९.२८ प्रतिशतले बढेर १३ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले १२ करोड २३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क २.५३ प्रतिशतले बढेर ४४ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ५ करोड २४ लाख रुपैयाँ र पुनर्बीमा कमिशन वापत १५ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
बीमा कोषमा १ अर्ब ३६ करोड २० लाख रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड २३ लाख रुपैयाँ सञ्चित छ ।

चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४० पैसामा छ । कम्पनीको जगेडा कोषमा ६३ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले ३ हजार ६१४ दाबीबापत ४७ करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले १२ हजार ३८७ दाबी बापत २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु