नेपाल लाइफको नाफा ९६% ले घट्यो



काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफामा गिरावट आएको छ ।

सेयर नोक्सानी लगानीवापत १८ करोड ८ लाख ८९ हजार रुपैयाँ व्यवस्था गरेका कारण कम्पनीको खुद नाफामा ९६.९३ प्रतिशतको गिरावट आएको हो ।

कम्पनीले असोज मसान्तसम्ममा ७० लाख ३३ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको साही अवधिसम्ममा कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमाशुल्क ९.१९ प्रतिशत बढेर ९ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीले ८ अर्ब ९२ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीले जीवन बीमा धितो बापत २० अर्ब ५७ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरी ५९ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले १६ हजार १२० दाबीबापत ३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ३१ प्रतिशत बढेको छ । जगेडा कोष ७६.२९ प्रतिशत घटेको छ ।

कम्पनीको जीवन बीमा कोषको आकार २५.२५ प्रतिशतले बढेर एक खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा इन्स्योरेन्सको यस्तो आम्दानी ०.३९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ८५ पैसा रहेको छ ।

कम्पनीले चालु आवको तीन महिनामा अभिकर्ता कमिशनवापत ९९ करोड ६१ लाख रुपैयाँ वितरण गरेको छ । गत आवको तीन महिनामा कम्पनीले अभिकर्ता कमिशनवापत ९६ करोड ८६ लाख रुपैयाँ खर्चेको थियो ।


क्लिकमान्डु