बीमा समितिले माग्यो ट्रेनी बीमांकी



काठमाडौं । बीमा समितिले दुई जना ट्रेनी बीमाङ्की माग गरेको छ ।

समितिले ट्रेनी एक्चुरी अधिकृतहरु करार सेवामा नियुुक्तिका दागि रोस्टर तयार गर्न लागेको हो ।

गणित विज्ञान, तथ्याङ्क शास्त्र, बीमाङ्कीय विज्ञान, अर्थशास्त्र, वित्त वा सो सरहको विषयमा स्नातक तह उत्तीर्ण गरी रेपुटेवल एक्चुरियल एशोसिएसन (इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्चुअरिज युके), सोसाइटि अफ एक्चुअरी युएसए, इन्स्टिच्युट अफ एक्चुअरिज इन्डिया लगायतका एक्चुरियल एशोसिएसनले लिने प्रोफेसनल परीक्षामा कम्तीमा तीन वटा एक्चुरियल प्रोफेसनल पेपर उत्तीर्ण गरेकाहरुले आवेदन दिन सक्ने समितिले जनाएको छ ।

योग्यता पुगेका इच्छुकले समितिको इमेल ठेगाना तथा कार्यलयमा आई दरखास्त दिन सक्नेछन् । इच्छुक तथा योग्यता पुगेका इच्छुकले ७ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु