जनरल इन्स्योरेन्सको खुद नाफा ६१% ले बढ्यो
काठमाडौं । जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा खुद नाफा ६१.२५ प्रतिशतले बढाएको छ ।
कम्पनीले चालु आवको असोज मसान्तसम्ममा ३ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
तर, कम्पनीको खुद बीमाशुल्क संकलनमा भने गिरावट आएको छ । चालु आवको पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क संकलन रकम २५.२७ प्रतिशतले घटेर ७ करोड २८ लाख रुपैयाँमा सिमित हुन पुगेको देखिएको छ ।
गत आवको यसै अवधिमा कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ खदु बीमाशुल्क संकलन गरेको थियो ।
कम्पनीको पुनर्बीमा कमिशन आय, लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी बढेका कारणले नाफामा टेवा पुगेको हो ।
कम्पनीले चालु आवको पहिलो त्रैमासमा पुनर्बीमा कमिसन आयबाट ४ करोड ६६ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ९४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
गत आवको यसै अधिमा कम्पनीले पुनर्बीमा कमिशन आयबाट २ करोड ४७ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस्तै, कम्पनीको अभिकर्ता कमिसनमा समेत गत आवको यसै अवधिको तुलनामा कम रकम खर्च गरेको छ ।
यस अवधिमा कम्पनीले अभिकर्ताका लागि ५९ लाख रुपैयाँ खर्च गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ३५ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो ।
चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १५.३४ रुपैयाँ छ । कम्पनीको बीमा कोषको आकार १२ करोड ८ लाख ५ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा यसको बीमा कोषको आकार ६ करोड २९ लाख रुपैयाँ थियो ।
कम्पनीले ३ सय ४६ वटा दाबीवापत ५ करोड ३१ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ ।
यस्तै, कम्पनीले ३ हजार ४९४ वटा बीमा दाबीवापत ४४ करोड ८३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।