रिलायबल नेपाल लाइफको नाफा १३ प्रतिशतले बढ्यो



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

असोज मसान्तसम्म कम्पनीले ७ कोड ४५ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३.०५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको नाफा ६ करोड ५९ लाख ३ हजार रुपैयाँ रहेको थियो ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ९१ करोड ६२ लाख २० हजार रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ३ अर्ब ३ करोड ४१ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले तीन महिनाको अवधिमा ९२ करोड ८९ लाख १७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने २३ करोड ८१ लाख ९६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । २१ रुपैयाँ ३१ पैसा प्रति सेयर आम्दानी रहेको कम्पनीको प्रति सेयर नेटवर्थ १७१ रुपैयाँ २८ पैसा रहेको छ ।


क्लिकमान्डु