रिलायन्स लाइफको खुद बीमाशुल्क ५८% ले बढ्यो, नाफामा समेत सुधार



काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७३ करोड ५५ लाख ५० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन रकम ५८.१० प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४६ करोड ५२ लाख ५३ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले यस अवधिमा ४ करोड १५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ३८.१९ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ७३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको बीमा कोषको आकारमा वृद्धि देखिएको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको बीमा कोषमा तीन अर्ब दुई करोड १७ लाख पाँच हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीको बीमाकोषको आकारमा गत वर्षको सोही अवधिको तुलनामा ११७ प्रतिशतको वृद्धि देखिएको हो ।

जगेडा कोषमा २६ करोड ३४ लाख ९० हजार रुपैयाँ संचित छ । दुई अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७.९२ रुपैयाँ छ ।

चालु आर्थिक वर्षको असोजसम्ममा कम्पनीले ९१ हजार ८९८ वटा बीमालेख बिक्री गरी ७९ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस अवधिमा कम्पनीले १९१ वटा दाबी वापत १६ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीले ४८ वटा दाबी वापत ४३ लाख ४९ हजार रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु