हिमालयन रिले ३० लाखलाई १० कित्ता पर्ने ३ अर्बको आइपीओ निष्काशन गर्ने



काठमाडौँ। हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति समर्थन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

१० अर्ब रूपैयाँ चुक्ता पुजि रहेको कम्पनीले ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ जारी गर्ने छ ।हिमालयन रि नेपालको दोस्रा पुनर्बीमा कम्पनी हो ।


क्लिकमान्डु