बीमा समितिद्धारा कृषि, पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको सूची सार्वजनिक



काठमाडौँ । बीमा समितिले कृषि, पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षकको नामावली सार्वजनिक गरेको छ ।

समितिले आज एक सूचना जारी गर्दै कृषि तथा पशुपन्छी बीमाको अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताहरुलाई तालिम दिन योग्य १८ जना व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो ।

समितिले चयन गरेका ती व्यक्तिहरुले बीमा कम्पनीको माग अनुसार प्रशिक्षकको रुपमा कार्यक्रम, तालिम तथा गोष्ठीमा प्रशिक्षण गर्न पाउनेछन् ।


क्लिकमान्डु