आइएमई जनरल इन्स्योरेन्स र पिक मी बिच बीमा सेवा सम्बन्धि सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र पिक मी बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात पिक मीका चालक र पिक मी प्रयोग गर्ने सबै ग्राहकले एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्सबाट हुनेछ ।

अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स्योरेन्सबाट पिक मीका चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गरे । कम्पनीको तर्फबाट चालक तथा पिक मी ग्राहकले राइड सेयरिङ, फुड डेलिभरी, लजेस्टिक सपोर्ट, मार्ट एउटै एप बाट गर्ने व्यवस्था रहेको छ । उक्त एप प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिने छ ।

सम्झौतामा इन्स्योरेन्स सिईओ श्रेष्ठले पिक मीका चालक र ग्राहकलाई कम्पनीसँग बीमा गर्ने अवसर पाएको र पिक मी प्रयोग गर्ने चालक र सबै ग्राहकलाई दुर्घटना बीमा गर्न पाएको बताए । श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गरे ।


क्लिकमान्डु