तार एयरले पोखरा-नेपालगञ्ज उडान शुरु गर्ने



काठमाडौं । तारा एयरले पर्यटकीय नगरी पोखरा र नेपालगञ्जमा प्रादेशिक उडान गर्ने भएको छ ।

तारा एयरले नोभेम्बर ५ तारिखदेखि सातामा ३ दिन उडान गर्ने भएको छ । कम्पनीका अनुसार सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ ।
कम्पनीले पोखरा–नेपालगञ्ज विहान ११ः३० बजे र नेपालगञ्ज–पोखरा ३ः३० बजे उडान गर्नेछ ।

कम्पनीका अनुसार हवाई टिकटको शुल्क ग्रीन फेयरमा ४५२५ रुपैयाँ, एल्लो फेयरमा ५०२५ रुपैयाँ र नर्मल फेयरमा ५४४५ रुपैयाँ पर्नेछ ।


क्लिकमान्डु