ज्योती लाईफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस ५ %, नगद कति ?



काठमाडौं । ज्योती लाईफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुको लागि लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा बोनस ५ प्रतिशत र करसहित ५.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु