एनएमबि बैंकको नाफा ४२.४९ % ले बढ्यो, खराब कर्जा घट्यो



काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ४ करोड ४४ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४२.४९ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा बैंकको नाफा ७३ करोड २९ लाख ७० हजार रुपैयाँ रहेको थियो । तीन महिनाको अवधिमा बैंकको वितरयाणयोग्य नाफा ४५ करोड ८४ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारले नाफा बढाउन सहयोग पुगेको देखिएको छ । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड ७१ लाख ६० हजार रुपैयाँबाट बढेर १ अर्ब ४२ करोड २० लाख ५५ हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन मुनाफा १ अर्ब ५ करोड ४० लाख १० हजार रुपैयाँबाट बढेर १ अर्ब ४७ करोड ६८ हजार रुपैयाँ पुगेको छ ।

१६ अर्ब ३२ करोड ५९ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब ३३ करोड २९ लाख ७१ हजार रुपैयाँ रहेको छ । चालु आवको तीन महिनामा १ खर्ब ७३ अर्ब ४६ करोड ६६ लाख २ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ अर्ब ६५ अर्ब ५७ करोड ३७ लाख ६६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २.२६ प्रतिशतबाट घटेर १.८५ प्रतिशत रहेको छ । प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ०३ पैसा रहेको छ ।


क्लिकमान्डु