४ बैंकमा सीइओ खाली, कामूको भरमा चल्दैः कुनमा कसको चर्चा ?



काठमाडौं । सञ्चलामा रहेका २७ वटा वाणिज्य बैंक मध्ये ४ वटा बैंक विगत लामो समयदेखी निमित्त प्रमुखको भरमा सञ्चालन भइरहेका छन् ।
अहिले बैंक अफ काठमाण्डू, कुमारी, सिद्धार्थ र सेञ्चुरी बैंक निमित्तको भरमा चलिरहेका छन् ।

४ वटै बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुले पदबाट राजीनामा दिइसकेका छन् । सिइओ नभएपछि यी बैंकले अहिलेसम्म सिइओ नियुक्त गर्न सकेका छैनन् । निमित्त सिइओको भरमा बैंक स ञ्चालन गरिरहेका छन् । बैंकको सिइओ हटेको कम्तिमा तीन महिना भित्रै नयाँ सिइओ नियुक्ती गर्नुपर्नेमा त्यसो हुन सकेको छैन ।

बैंक अफ काठमाण्डूबाट प्रमुख कार्यकारी अधिकृत सोहन देव पन्तले साउनन १४ गते चार वर्षे कार्यकाल पुरा गरेर बैंकबाट बाहिरिएका हुन् ।
उनको ४ गते ४ वर्षे कार्यकाल पुरा भएको हो । तर पन्तले साउन १९ गते नै बैकबाट अवकास लिनु भएको थियो ।

बैंकिङ क्षेत्रमा ३६ वर्ष भन्दा लामो समय अनुभव भएका सिइओ पन्त बाहिरीएपछि अहिलेसम्म नयाँ सिइओ नियुक्त भएको छैन । अहिले बैंकमा कामू प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के छन् । बिओकेको दुईथरी हल्ला बजारमा छ । एउटा मर्जरमा जाने । त्यो हुँदा बिओकेले सीइओ नियुक्ति गर्ने छैन । अर्को नबिलका डेपुटी सीइओ सुजिव शाक्यलाई भित्राउने । यद्यपी दुईवटा कुरा नै पुष्टी हुन सकेको छैन ।

कुमारी बैंक पहिलो अहिले कामूको भरमा रहेको छ । बैंकका सिइओ सुरेन्द्र भण्डारीले राजीनामा दिएको करिब साढे ४ महिना बढी भइसकेको छ । अहिलेसम्म बैंकले सिइओ खोज्न सकेको छैन ।

भण्डारीले साउन १ गतेदेखी ४ वर्षे कार्यकाल पुरा गरेर बैंकबाट बाहिरीएका हुन् । भण्डारीले अवकाश लिएपछि अहिले बैंकका वरिष्ठ नायब कार्यकारी अधिृकत अनुजमणि तिमल्सिनालाई कामुको जिम्मेवारी दिइएको छ । कुमारीमा तिमिल्सिनाले सीइओको जिम्मेवारी पाउने सम्भावना छ । तिमिल्सिनाले सेञ्चुरी बैंकमा पनि सीइओको रुपमा काम गरिसकेका छन् ।

अहिले सिद्धार्थ बैंक पनि नेतृत्व बिहीन बनेको छ । अन्य बैंकजस्तै सिद्धार्थ पनि कामुको भरमा रहेको छ । बैंकका सिइओ शम्भुनाथ गौतमले ४ वर्षे कार्यकाल पुरा गरेर साउन २५ गते अवकास लिएका हुन् । गौतमले अवकाश लिएपछि अहिले नायब प्रमुख कार्यकारी अकिृत सुन्दरप्रसाद कँडेललाई कामू सिइओको जिम्मेवारी दिइएको छ ।

बैंकले करिब तीन महिनासम्म पनि नयाँ सिइओ नियुक्त गर्न सकेको छैन । सिद्धार्थले कुमारीमा सीइओबाट बाहिरिएका भण्डारीलाई सीइओ बनाउने चर्चा छ । भण्डारीको कुलिङ पिरियड अझै ३ महिना बाँकी छ ।

यता सेञ्चुरी बैंक पनि कामूको भरमा नै चलिरहेको छ । बैंकको सिइओ तुलसीराम गौतमले व्यक्तिगत कार्यव्यस्तता देखाउँदै असार २० गते राजीनामा दिएका थिए । अहिले मनोज न्यौपानेलाई कामू सिइओको जिम्मेवारी दिइएको छ । गौतमले २० गते दिएको राजीनामलाई ३० गते बसेको सञ्चालक समितिले स्वीकृत गरेर साउन १ देखी लागू हुनेगरी न्यौपानेलाई कामूको जिम्मेवारी दिइएको छ । अहिलेसम्म बैंकले सिइओ नियुक्त गर्न भनेको सकेको छैन । सेञ्चुरीले पनि सीइओ खोजिरहेको छ ।


क्लिकमान्डु