धानबालीमा भएको क्षतिबारे प्रतिवेदन पेश गर्न सरकारद्वारा समिति गठन



काठमाडौं । सरकारले बेमौसमी वर्षाका कारण धानवालीमा भएको क्षतिको विवरणका विषयमा प्रतिवेदन पेश गर्नका लागि समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले तीन दिनभित्र क्षतिको विवरण पेश गर्ने गरी समिति गठन गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार गृहमन्त्रालयका सचिवको संयोजकत्वमा कृषि, अर्थ, उद्योग, सामान्या प्रशासन तथा योजना आयोगका सचिवहरु रहेको समिति गठन गरेको हो ।


क्लिकमान्डु