वायुसेवा निगम अध्यक्ष घिमिरेको राजीनामा स्वीकृत, कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त



काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गरेको छ ।

घिमिरेले करिब ५ महिना अघि दिएको राजीनामा स्वीकृत गरेको हो ।

आज बसेको मन्त्रिपरिषदको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । साथै सरकारले कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु